मुठीभर मान्छेका छोराछोरीले मात्रै खर्च गरेर पढ्न पाउँछन् : विप्लव

मुठीभर मान्छेका छोराछोरीले मात्रै खर्च गरेर पढ्न पाउँछन् : विप्लव

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले बहुदलीय व्यवस्थाले शिक्षालाई व्यापारको वस्तु बनाएको बताएका छन्।

सोमबार विद्यार्थी दिवस र अबको बाटो विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव विप्लवले बजारमा पुगेको शिक्षाले समानता र अधिकार नहेर्ने बरू नाफा घाटा मात्रै हेर्ने उल्लेख गरेका छन्। 

उनले २१ औं शताब्दी वैज्ञानिक व्यवस्थापनको शताब्दी रहेको भन्दै यो शताब्दी लुटेराहरूको शताब्दी हुन नसक्ने स्पष्ट पारेका हुन्।

महासचिव विप्लवले अहिले युवाहरूमा वितृष्णा र निराशा छाएको भन्दै त्यसलाई अब चिर्नेगरी अघि बढ्न जरूरी रहेको बताए। उनले नेपालमा मुठीभर मान्छेका छोराछोरीहरूले मात्रै लाखौँ खर्च गरेर पढ्न पाउने र सामान्य नागरिकका छोराछारीले पढ्नै नपाउने अवस्था रहेको बताए। 

‘२१ औं शताब्दी वैज्ञानिक व्यवस्थापनको शताब्दी हो, यो लुटेराहरूको शताब्दी हुन सक्दैन। यो हाम्रो चुनौती छ। युवाहरूमा वितृष्णा र निराशा छ, १५ वर्षसम्म हामीले हेर्यौं केही हुन सकेन, बहुदल आयो, बहुदलले स्वतन्त्रता त दियो तर शिक्षालाई बजारीकरण गरियो। शिक्षा हरेक नागरिकको नैसर्गिक अधिकार हो। तर यो व्यवस्थाले शिक्षालाई बजारको वस्तु बनाइदियो। बजारमा पुर्यायो,’ महासचिव विप्लवले भने, ‘बजारमा पुगेको शिक्षाले नाफा घाटा मात्रै हेर्छ, समानता र अधिकार हेर्दैन। आज नेपालमा मुठीभर मान्छेका छोराछोरीहरूले मात्रै लाखौँ खर्च गरेर पढ्न पाउनु र सामान्य नागरिकले पढ्न नपाउने, जिन्दगी नै बर्बाद हुने निराशातिर धकेलिने अवस्था देखापरेको छ।’ 

महासचिव चन्दले देशको उपप्रधान तथा गृहमन्त्री बनेका व्यक्तिहरू दुई कौडीमा विदेशीको लिलाम भइरहेको बताए। 

Recent Comments

No comments to show.