चितवनमा २ गैडा मृत फेला

चितवनमा २ गैडा मृत फेला

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुइवटा गैडा मृत अवस्थामा फेला परेको छ। चितवन राष्ट्रिय निकुञ्जको कसरा नजिक तमोर ताल र सौरहाको राप्ती नदी किनारको पटना क्षेत्रमा २६ र २७ गते उक्त गैडा मृत अवस्थामा फेला परेको निकुञ्जले जनाएको छ।

तमोर तालमा दुइ महिनाको पोथी गैडा र पटना क्षेत्रमा साढे २ बर्षको भाले गैडा मरेको अबस्थामा फेला परेको हो। उक्त गैडाहरु प्राकृतिक कारण मरेको निकुञ्जले जनाएको छ।

चार महिनाको बच्चा गैडाको खाग खुर नपलाएको अबस्थामा रहेको र अर्को साढे दुइ बर्षको भाले गैडाको खाग खुर सुरक्षित रहेको छ । चितवन राष्ट्रिय निकुञ्जमा २०७९/८० मा यो समेत १८ गैडाको मृत्यु भएको छ।

Recent Comments

No comments to show.