विदेशबाट फर्कंदा दुईवटा मोबाइल ल्याउन पाइने

विदेशबाट फर्कंदा दुईवटा मोबाइल ल्याउन पाइने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अब विदेशबाट आउने नेपाली नागरिकले दुई वटा मोबाइल ल्याउन पाउने भएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले झिटीगुण्टा नियमावली संशोधन गर्दै आफ्नो साथमा बढीमा दुई वटा मोबाइल ल्याउन पाउने व्यवस्था गर्ने निर्णय गरेको हो ।

हाल विदेशबाट आउने नागरिकले आफ्नो साथमा एउटा मात्रै मोबाइल ल्याउन पाउने व्यवस्था छ । सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले सञ्चार र श्रम मन्त्रालयले आवश्यक गृहकार्य गरी छिट्टै यो व्यवस्था लागू गरिने जानकारी दिइन् ।

यो निर्णय लागू भएपछि अब विदेशबाट आउने नागरिकले आफूले चलाइरहेको मोबाइल बाहेक अर्को थप एक मोबाइल ल्याउन पाउने छन् ।

यस्तै, मन्त्रिपरिषद बैठकले एमडीएमएस पनि लागू गर्ने निर्णय गरेको छ ।

Recent Comments

No comments to show.