शरणार्थी प्रकरणमा प्रधानमन्त्रीलाई देवेन्द्रको आग्रहः प्रेसरमा नपरी कारबाही गर्नूस्

शरणार्थी प्रकरणमा प्रधानमन्त्रीलाई देवेन्द्रको आग्रहः प्रेसरमा नपरी कारबाही गर्नूस्

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषिमाथि कारबाही गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन्। 

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पौडेलले यस प्रकरणमा कुनै पनि प्रेसर र दबाबमा नपरेर यो घटनाको निष्पक्ष छानबिन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका हुन्। 

‘प्रधानमन्त्रीले कुनै पनि प्रेसर र दबाबमा नपरेर यो घटनाको निष्पक्ष छानबिन गरेर जनता र नेपाल पक्ष राष्ट्र भएर अन्तराष्ट्रिय सन्धी सम्झौताको पक्षमा नेपाल निष्पक्षता पूर्वक उभिएको कुरालाई अगाडि बढाउन अनुरोध गर्न चाहन्छु,’ उनले भने।  

सांसद पौडेलले नक्कली भुटानी शरणार्थी प्रकरणमा भएको भ्रष्टाचार सम्बन्धी घटनाले अन्तराष्ट्रिय स्तरमा नेपालीहरूको लज्जाको विषय बनेकाले संलग्नलाई कडा कारबाही गरेर नेपालको इज्जत बचाउन आग्रह गरेका छन्। 

‘नक्कली भुटानी शरणार्थी प्रकरणमा भएको भ्रष्टाचार सम्बन्धी घटना नेपालीहरूको लज्जाको विषय बनेको छ। नेपाल पक्षराष्ट्र भएर गरेका कतिपय सन्धी सम्झौताको धज्जी समेत उडेको छ। त्यसैले यस घटनामा संलग्न व्यक्तिलाई नछोड्न र कारबाही गरेर नेपालको इज्जत बचाउन आग्रह गर्न चाहान्छ,’ उनले भने।  

Recent Comments

No comments to show.