रियाल मड्रिडले जित्यो कोपा डेल रे को उपाधि

रियाल मड्रिडले जित्यो कोपा डेल रे को उपाधि

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कोपा डेल रेको उपाधि रियाल मड्रिडले जितेको छ। शनिबार राति भएको फाइनलमा ओसासुनालाई २-१ ले पराजित गर्दै उपाधि जितेको हो ।

दोस्रो मिनेटमा गोल गर्दै रियाललाई अग्रता दिलाएका रोडरिगोले ७०औं मिनेटमा निर्णायक गोल पनि गरे। रियालले सेमिफाइनलमा बार्सिलोनविरुद्ध समग्रमा ४–१ को जितसहित फाइनल यात्रा तय गरेको थियो।

यस्तै, ओसासुनाले एथ्लेटिक क्लबलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो। रियालले सन् २०१३–१४ को सिजनपछि पहिलो पटक फाइनल यात्रा तय गरेको हो। रियालले पछिल्लो पटक सोही सिजन कोपा डेल रे उपाधि जितेको थियो।

त्यो सिजन रियालले फाइनलमा बार्सिलोनालाई २–१ ले हराउँदै उपाधि जितेको थियो। करिब १० वर्षपछि फाइनलमा पुगेको रियालले २०औं पटक यो उपाधि उचालेको हो।

Recent Comments

No comments to show.