अप्पर स्याङ्गे हाईड्रोपावरको आईपीओ जेठ १ गतेदेखि

अप्पर स्याङ्गे हाईड्रोपावरको आईपीओ जेठ १ गतेदेखि

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले जेठ १ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र लमजुङका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले २ करोड २० लाख रुपैयाँ बराबरको २ लाख २० हजार कित्ता सेयर निष्काशन गर्ने भएको छ ।

सो आइपीओमा लमजुङको मस्र्याङदी गाउँपालिका (साविकका घनपोखरा गाविस वडा नं. १ र २, खुदी गाविस वडा नं. ३, ताघ्रिङ गाविस वडा नं. ४, घेरमु गाविस वडा नं. ५, बाहुन डाँडा गाविस वडा नं. ६, भुलभुले गाविस वडा नं. ७ र ८ तथा सिमपानी गाविस वडा नं. ९) का बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

यसैगरी, कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारमा रहेका नेपालीका लागि ६५ लाख रुपैयाँ बराबरको ६५ हजार कित्ता सेयर निष्काशन गर्ने भएको छ ।

कम्पनीको आइपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेकाले ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

सो आइपीओमा जेठ १६ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा स्थानीयले भने ढिलोमा जेठ ३० गतेसम्म आवेदन पाउने छन् ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। आइपीओ निष्काशनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले हाल २.४ मेगावाटको माथिल्लो स्याङ्गे खोला साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यसको कुल अनुमानित लागत ५० करोड ४८ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २१ करोड ३ लाख रुपैयाँ रहेको छ।

Recent Comments

No comments to show.