मधेशलाई शिक्षाको केन्द्रको रुपमा विकास गर्नुपर्छः मन्त्री यादव

मधेशलाई शिक्षाको केन्द्रको रुपमा विकास गर्नुपर्छः मन्त्री यादव

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । मधेस प्रदेशका शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्यमन्त्री महेश यादवले मधेशलाई शिक्षाको केन्द्रको रुपमा विकास गर्ने बताएका छन् । 

बिहिबार राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८० को अवसरमा कम्प्युटर एसोसिएसन अफ नेपालले जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा मन्त्री यादवले मधेसलाई शिक्षाको हबको रुपमा विकास गर्ने बताएका हुन् । 

एक वर्षभित्र प्रदेशलाई साक्षर बनाउने महाअभियानको सुरु गर्ने उनको भनाई छ  । 

मन्त्री यादवले मधेशमा शिक्षा क्षेत्रमा करोडौं बजेट खर्च गर्दा पनि कुनै पनि नगरपालिका पूर्ण साक्षर नभएकोले अब प्रदेश सरकारले आगामी बजेटमा साक्षरता अभियानलाई प्राथमिकतामा राखेर अभियान सञ्चालन गर्ने निर्णय गरिसकेको जानकारी दिए । 

आगामी वर्षदेखि प्रदेशका सबै नगरपालिकाका विद्यालयलाई सूचना प्रविधिसँग जोड्ने अभियान सञ्चालन गरिने उनको भनाई छ । 

त्यस्तै, कार्यक्रममा कम्प्युटर एशोसिएशन नेपालका केन्द्रीय अध्यक्ष रञ्जित पोद्धारले विद्यालयहरूमा सरकारले स्थापना गरेको आइसिटी ल्याबको प्रभावकारिता बढाउनका लागि शिक्षकको व्यवस्थापन जरुरी रहेको बताएका छन् । 

Recent Comments

No comments to show.