न्याय प्रणाली छिटो छरितो बनाउने कानूनमन्त्री गुरुङकाे प्रतिबद्धता

न्याय प्रणाली छिटो छरितो बनाउने कानूनमन्त्री गुरुङकाे प्रतिबद्धता

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । वनियुक्त कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले न्याय प्रणालीलाई छिटो छरितो बनाउने प्रतिबद्धता जनाएका छन् ।

मन्त्रालयमा पदभार ग्रहण गरेलगत्तै कानूनमन्त्री गुरुङले न्याय ढिलो हुने गरेको गुनासो सम्बोधन गर्ने प्रतिबद्धता जनाएका हुन् । ‘न्याय ढिलो हुने गरेको भन्ने छ त्यसको अन्त्यका लागि मैले काम गर्छु ।’ उनले भने। 

स्वतन्त्र न्यायपालिका लोकतन्त्रको मेरुदण्ड भएको बताएका कानूनमन्त्री गुरुङले आफू स्वतन्त्र न्यायलयप्रति प्रतिबद्ध रहेको बताए । उनले बिहीबार शपथ लिए लगत्तै मन्त्रालयमा गएर पदभार ग्रहण गरेका हुन् ।

Recent Comments

No comments to show.