गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै

गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की ।  गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहीबार विश्वासको मत लिँदै छन्। 

दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता प्रेम सुवेदीले जानकारी दिए। 

यही वैशाख १४ गते नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका थिए। 

६० सदस्यीय प्रदेशसभामा कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र) सात र नेकपा (एकीकृत समाजवादी) एक गरी ३५ प्रदेशसभा सदस्यको समर्थनमा उनी प्रदेशको चौथौ मुख्यमन्त्री बनेका हुन्।

मुख्यमन्त्री पाण्डे विश्वासको मत लिएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा छन्। प्रदेश सकारमा   माओवादी केन्द्रका प्रदेशसभा सदस्य सुशीला सिंखडा र कांग्रेसकी सरस्वती अर्याल तिवारी विनाविभागीय छन्।

Recent Comments

No comments to show.