रास्वपाको अर्थनीति विभाग प्रमुखमा वाग्ले चयन

रास्वपाको अर्थनीति विभाग प्रमुखमा वाग्ले चयन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तनहुँको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद डा. स्वर्णिम वाग्लेलाई अर्थनीति विभाग प्रमुखको जिम्मेवारी दिएको छ । 

पार्टीको केन्द्रीय कार्यालय बसुन्धारामा सोमवार बसेको बैठकले वाग्लेलाई विभाग प्रमुखको जिम्मेवारी प्रदान गरेको हो ।

सोमवारको बैठकले विभिन्न ३६ वटा विभाग समेत गठन गरेको जनाइएको छ । वैशाख १० गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा तनहुँ–१ बाट वाग्ले निर्वाचित भएका थिए ।

चुनावअघि वाग्ले नेपाली कांग्रेस परित्याग गरेर रास्वपामा प्रवेश गरेका थिए ।

Recent Comments

No comments to show.