सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने हिमालयन बैंक सम्मानित

सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने हिमालयन बैंक सम्मानित

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । वाणिज्य बैंकहरु मध्ये सबैभन्दा बढी विप्रेषण भित्र्याएकोमा हिमालयन बैंक लिमिटेडलाई नेपाल राष्ट्र बैंकले सम्मान गरेको छ । राष्ट्र बैंकले आफ्नो ६८ औँ वार्षिक उत्सवको अवसरमा आयोजना गरेकोे समारोहका बीच सम्मानित गरेको हो ।

समारोहमा सम्मान स्वरुप राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणालाई प्रशंसापत्र हस्तान्तरण गरे ।

हिमालयन बैंकले आर्थिक वर्ष २०७८/७९ मा देशमा भित्रिएको कूल विप्रेषणको १६.९० प्रतिशत रकम भित्र्याएको थियो । बैंक करिब दुई दशकदेखि आफ्नो विप्रेषण सेवा ‘हिमाल रेमिट’ मार्फत ग्राहकलाई समयानुकूल सेवा–सुविधा प्रदान गर्दै अग्रस्थानमा रहेको छ ।

बैंकले विश्वभर रहेका १२५ भन्दाबढी व्यावसायिक साझेदारको सञ्जाल मार्फत प्रिमियम अनलाइन ग्राहक केन्द्रीत प्रविधिमा आधारित आधुनिक प्रणालीबाट आफ्नो विप्रेषण सेवा संचालन गर्दै आएको छ ।

हाल बैंकले देशभर हिमाल रेमिटका १८ हजारभन्दा बढी भुक्तानी केन्द्रहरु मार्फत विदेशबाट आप्रवाह भएका विप्रेषणको भुक्तानी गर्दै आएको छ । हाल बैंकले १८९ शाखाहरु, २० वटा विस्तारित काउन्टर र २६३ भन्दाबढी एटीएमबाट आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आएकोे छ ।

Recent Comments

No comments to show.