निरा पाण्डे प्रकरण: सिक्री लुट्न खोज्दा प्रतिकार गरेपछि हत्या

निरा पाण्डे प्रकरण: सिक्री लुट्न खोज्दा प्रतिकार गरेपछि हत्या

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सिक्री लुट्दा प्रतिकार गरेपछि कपनमा निरा पाण्डेको हत्या भएको खुलेको छ। हत्या आरोपमा प्रहरीले एक बाउन्सरलाई पक्राउ गरेपछि हत्याको कारण खुलेको हो।

काठमाडौं– ७ वैशाखमा कपन सरस्वतीनगरस्थित निरु किचनकी सञ्चालक निरा पाण्डे आचार्य (निरु) को सिक्री लुट्न खोज्दा प्रतिकार गरेपछि हत्या गरिदिएको घटनामा संलग्न विनोद विश्वकर्माले प्रहरीलाई प्रारम्भिक बयान दिएका छन्।

बाउन्सरसमेत रहेका घटनामा संलग्न विनोद विश्वकर्माले सिक्री लुट्ने मनसायले दिउँसोको समयमै १९ पटक निरुमाथि छुरा प्रहार गरी हत्या गरेको बताएका छन् ।

साता दिन बित्सासमेत हत्यारा पत्ता लगाउन नसकेको भन्दै नागरिक स्तरबाट सरकारको आलोचना भएपछि प्रहरीले दुई दिनअघि मात्रै घटना अनुसन्धानका लागि सीआईबी प्रमुख किरण वज्राचार्यको नेतृत्वमा समिति गठन गरेको थियो।

प्रहरीका अनुसार इनड्राइभमार्फत घटनास्थल नजिकै पुगेका विनोदले निरुको सिक्री लुट्न खोज्दा प्रतिकार गरेपछि ८ मिनेटको बीचमै हत्या गरेको खुलेको छ। हत्या आरोपमा पक्राउ परेका बिकको कोठाबाट प्रहरीले रगत लागेको सर्ट र एउटा झोला बरामद गरेको छ ।

दिउँसो २ बजेर ४६ मिनेट जाँदा घटनास्थलमा पुगेका बिनोद ५४ मिनेट जाँदा घटनास्थलबाट बाहिरिएका थिए। तर उनले हुलिया चिन्न गाह्रो पर्नेगरी अनुहारमा मास्क लगाएका थिए। सीसी क्यामेरा फुटेजमा पनि राम्रोसँग खुल्न सकेको थिएन।

कपनको सरस्वतीनगरस्थित निरु किचनकी सञ्चालक निरा पाण्डे आचार्यको ७ वैशाखमा आफ्नै पसलमा हत्या भएको थियो । प्रहरीले अनुसन्धानका क्रममा सीसीटीभीमा एक युवकलाई देखेको थियो । ती युवक राइड सेयरको मोटरसाइकलमार्फत कागेश्वरी मनोहरास्थित एक रेष्टुरेन्टमा गएको अनुसन्धानमा खुलेपछि प्रहरीले त्यहाँ पुगेको थियो ।

Recent Comments

No comments to show.