बुटवल-तानसेन सडक खण्ड रातको समयमा मात्रै बन्द हुने

बुटवल-तानसेन सडक खण्ड रातको समयमा मात्रै बन्द हुने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बुटवल–तानसेन सडकखण्ड अब राति मात्र बन्द हुने भएको छ ।

सुरुङमार्ग निर्माणको पूर्व तयारीका काम गर्न दिउँसो र राति गरी दैनिक ९ घण्टा बन्द हुँदै आएको उक्त सडकखण्ड अब रातिमात्रै बन्द गरिने भएको हो ।

यसअघि गत चैत २१ गतेबाट दिउँसो ११ बजेदेखि २ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म दिनहुँ बन्द हुँदै आएको थियो । अब राति १० बजेदेखि बिहान ४ बजेसम्म मात्र बन्द हुनेछ ।

निर्माण व्यवसायीले तदारुकताका साथ काम नगरेपछि सर्वसाधारणले दिउँसोमा सडक बन्द नगर्न माग गरेपछि रातिको ६ घन्टा मात्र बन्द गराइन लागिएको हो ।c

Recent Comments

No comments to show.