रास्वपा सभापति लामिछाने र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

रास्वपा सभापति लामिछाने र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका छन् । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा चितवन-२ बाट भर्खैरै प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेले प्रधानमन्त्री दाहाललाई भेटेका हुन् ।

भेटमा प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई उपनिर्वाचनमा अत्यधिक मतान्तरले निर्वाचित भएकोमा बधाई दिएका छन्। उनीहरूबीच अन्य राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

रास्वपालाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री प्रचण्डले पहल गरिरहेको बेला भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ। सरकारमा सहभागी हुने नहुनेबारे निर्णय लिन रास्वपाको रास्वपाको केन्द्रीय समितिको बैठक बस्दैछ।

रास्वपाको केन्द्रीय समितिको बैठक सोमबार बिहान ११ बजे बस्दै छ । बैठकमा समसामयिक एजेण्डामा छलफल हुने रास्वपाले जनाएको छ।

Recent Comments

No comments to show.