प्रतिनिधिसभामा आज विषयगत समिति गठन गर्ने कार्यसूची

प्रतिनिधिसभामा आज विषयगत समिति गठन गर्ने कार्यसूची

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ।  बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । 

आज विषयगत समिति गठनको कार्यसूची रहेकोछ।  संसद् सचिवालयका अनुसार सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७३ बमोजिम दशवटा विषयगत समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको छ।

एमालेले विषयगत समितिमा रहनेको नाम सभामुख देवराज घिमिरेलाई बुझाइसकेको छ।

यस्तै राष्ट्रियसभाको बैठक आज दिउँसो ४ बजेर १ मिनेटमा बस्दै छ। यसअघि हिजोको लागि बोलाइएको बैठक विशेष कारण भन्दै आजसम्मका लागि स्थगित भएको थियो।

यसअघि हिजो तय भएको बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सीनाले विषयगत संसदीय समिति सदस्यको नाम हेरफेर गरिने सहितको कार्यसूची सार्वजनिक गरिएको थियो।

साथै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले प्रतिलिपि अधिकार विधेयक २०७६ फिर्ता गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको थियो। 

Recent Comments

No comments to show.