२०८० वैशाख १५ गते शुक्रबारको दैनिक राशिफल र पञ्चाङ्ग

२०८० वैशाख १५ गते शुक्रबारको दैनिक राशिफल र पञ्चाङ्ग

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको पञ्चाङ्ग

काठमाडौ । २०८० वैशाख १५ गते, शुक्रवार, २८ अप्रिल २०२३। वैशाख शुक्लपक्ष अष्टमी तिथि, १५ः३३ बजेदेखि नवमी। तिष्य नक्षत्र, ९ः४६ बजेदेखि अश्लेषा। चन्द्रराशि– कर्कट।

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, 

वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। श्रम गरेको ठाउँबाट उल्लेखनीय उपलब्धि हात लाग्नेछ।

वृष(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

बोल्दा ख्याल गर्नुपर्ने देखिन्छ। राजनीतिमा फाइदा भए पनि प्रेममा धोका पाइने छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

दाम्पत्य जीवन सामान्य देखिन्छ। रोगले सताउने भएकाले खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

उन्नति प्रगति हुने देखिन्छ। अपरिचितबाट राम्रो साथ मिल्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आजको दिन राम्रो छ। अधुरा काम बन्नेछन्। प्रेममा सफलता मिल्नेछ। स्वदेशी भन्दा विदेशी लगानीबाट फाइदा हुनेछ।

कन्या  (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

दिन निक्कै राम्रो छ। अधुरा काम बन्नेछन्। आफ्नै काममा सफलता मिल्नेछ। पारिवारिक सहयोग मिल्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

 दिन राम्रो छ। रोगले सताउने देखिन्छ। विद्याको क्षेत्र तपाईंलाई फाइदा हुनेछ। प्रेम बढ्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

अधुरा काम बन्नेछन्। राजनीतिक संगठनबाट राम्रो सहयोग मिल्ने देखिन्छ। गणेश भगवानलाई सम्झिएर काम गरे सफलता मिल्नेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

दिन सामान्य छ। बोलीमा मिठास मिल्नेछ। स्वास्थ्यमा समस्या देखिनसक्छ। सोचेकका काममा बाधा व्यावधान हुने देखिन्छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

दिन सामान्य राम्रो छ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

दिन सामान्य छ। खर्च हुने देखिन्छ। रोग बढ्नसक्छ। घाटा हुँदा धेरै ठूलो हुने भएकाले सचेत भएर काम गर्नुहोला।

मिन (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आजको दिन राम्रो छ। अधुरा काम बन्नेछन्। गणेश भगवानको सम्झना गर्दा फाइदा हुनेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

Recent Comments

No comments to show.