किसानका माग राख्दै आमरण अनशन बसेका युवाको स्वास्थ्य स्थिति बिग्रँदो, सरकार मौन

किसानका माग राख्दै आमरण अनशन बसेका युवाको स्वास्थ्य स्थिति बिग्रँदो, सरकार मौन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  सरकारले कृषि अनुदानका नाममा कार्यकर्ता र नातेदारलाई भरणपोषण गरेको भन्दै नुवाकोटको ककनीका एक युवा आमरण अनशन बसेका छन् ।

सरकारले दिने कृषि अनुदानमा वास्तविक किसानको पहुँचको माग गर्दै नुवाकोट ककनीका ३० वर्षीय श्रीराम घिमिरे  नौ दिनदेखि  काठमाडौंको भूगोल पार्कमा आमरण अनशन बसेका हुन् ।

घिमिरेले १० प्रतिशत बजेट कृषि क्षेत्रलाई छुट्याउन सरकारसँग माग गरेका छन् । यस्तै कृषिमा लगानी गर्न चाहनेका लागि १ प्रतिशत ब्याजमा ५० लाखसम्म ऋणको व्यवस्था, कृषि कार्ड, कृषकलाई यातायातमा ५० प्रतिशत छुटलगायतको माग राखेका छन् ।

‘स्वास्थ्य परीक्षण गराउँदा निजको शरीरमा ग्लुकोज र अक्सिजनको मात्रा कम भई स्वास्थ्य अवस्था जटिल बन्दै गएको पाइएको छ  राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ ।

Recent Comments

No comments to show.