काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र हेटौंडा, मकवानपुरस्थित पल्पसा प्याराडाइज होम प्रालि बीच विशेष छुट सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार बैंकका कार्डबाहकले पल्पसा प्याराडाइज होममा २० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।
सिटिजन्स बैंकले हाल देशभरका १८२ वटा शाखा, १३९ वटा एटीएम ३ विस्तार काउन्टर र ९७ वटा शाखारहित बैंकिङ इकाईबाट १५ लाख ४० हजार बढि ग्राहकलाई बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया