गगन थापाले भने- भोट हाल्ने वेला तलमाथि गर्‍यो भने हरिले देख्छ

गगन थापाले भने- भोट हाल्ने वेला तलमाथि गर्‍यो भने हरिले देख्छ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा महामन्त्री गगन थापाले मतदान गर्दा तलमाथि नगर्न आफ्ना कार्यकर्तालाई आग्रह गरेका छन्। उपनिर्वाचनको प्रचारका क्रममा सोमबार चितवनमा आयोजित कोणसभालाई सम्बोधन  गर्दै  सम्बोधन गर्दै महामन्त्री थापाले अहिले कांग्रेस भनेर भोट हाल्ने बेला तलमाथि गर्न नहुने बताए। 

थापाले भने, ‘मेरो भगवान्‌माथि विश्वास छ, तपाईंहरू पनि धार्मिक मान्छे हुनुहुन्छ। तपाईंहरू कोही खुलेर लाग्नुभएको छ, म कांग्रेसलाई भोट गर्दै गर्दिनँ भन्नुभएको छ भने तपाईंहरूको निर्णय हो, तर बाहिर बाहिर गर्छु, भित्र भित्र गर्दिनँ नभन्नुस्।’

मतदान गर्दा अरूले नदेखे पनि आफूभित्रको ‘हरि’ले देख्ने उनको भनाइ थियो। ‘मनमा जसको हरि (भगवान्) छ, त्यसले के ठान्नुपर्छ भने कसैले नदेखे नि हरिले देखेको हुन्छ। त्यसैले बाहिर बाहिर रूख रूख भन्ने, भित्र गएर तलमाथि गर्ने ! कसैले नदेखेको भए पनि हरिले देखेको हुन्छ, हरिले हिसाबकिताब गर्छ।’

राजनीतिक कार्यकर्ता भइसकेपछि कुनै गुनासो भए पनि पार्टीभित्रै छलफल गर्नुपर्ने उनको भनाइ थियो। उनले भने, ‘राजनीतिक दलको कार्यकर्ता भइसकेपछि मन नपरेका विषय दलभित्र बहस गर्ने हो, छलफल गर्ने हो।’ चुनावी प्रचारका क्रममा आफूले कांग्रेस कार्यकर्ताका थुप्रै गुनासो सुनेको उनले बताए। ‘बिहान घरदैलोमा पनि हिँडें। कैयौं साथीका गुनासा छन्। पार्टी बदल्नु पर्नेछ, रूपान्तरण गर्नु पर्नेछ। कांग्रेसलाई पनि बदलेर छाड्ने हो, नयाँ बनाएर छाड्ने हो, तपाईंले जे सोच्नुभएको छ, त्यस्तो गरेर छाड्ने हो।’

चितवन-२ मा कांग्रेसबाट जितनारायण श्रेष्ठ, नेकपा (एमाले)बाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने उम्मेदवार छन्। 

Recent Comments

No comments to show.