बालकोटमा प्रचण्ड, देउवा र ओलीबीच भेट हुने

बालकोटमा प्रचण्ड, देउवा र ओलीबीच भेट हुने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच आज छलफल हुने भएको छ।

संसदमा विधेयक अगाडि बढाउनेबारे आज बिहान ९ बजे उनीहरुबीच ओली निवा बालकोटमा छलफल हुने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि घरमै आराम गरिरहेका ओलीलाई बालकोट पुगेर ओलीको स्वास्थ्य लाभको कामना गर्ने र संसदमा विधेयक अगाडि बढाउन समझदारीको लागि छलफल गर्ने कार्यसूची रहेको प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सुर्यकिरण शर्माले बताए। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफैलै आह्वान बालकोटमा आइतबारका लागि बोलाएको बैठकमा गएका थिएनन्। प्रचण्ड नगएपछि एमाले असन्तुष्ट बनेको छ।   

विगत केही दिनदेखि संबैधानिक परिषद् सम्बन्धि विधेयक र सत्यनिरूपण तथा मेलमिलाप र वेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धि विधेयकलाई अगाडि बढाउन शीर्ष नेताबीच छलफल भइरहेको छ। उनीहरुबीच बैशाख १ मा छलफल हुने भनिए पनि थप छलफल  भएको छैन। 

Recent Comments

No comments to show.