फेसियल हाउसको क्यालेन्डर सार्वजनिक

फेसियल हाउसको क्यालेन्डर सार्वजनिक

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फेसियल हाउसले नयाँ बर्ष २०८० को अवसरमा क्यालेन्डर सावर्जनिक गरेको छ ।

महिला चेम्बरको अध्यक्ष उर्मीला श्रेष्ठ, चर्चित नायिका पूजा शर्मा तथा पद्या कन्या क्याम्पसमा प्रध्यापक अरुणा रायमाझी र फेसियल हाउसकी प्रबन्धक निर्देशक तथा बरिष्ठ सौंदर्यविद सुष्मा महराले क्यालेन्डरको विमोचन गरेका हुन् ।

नेपाली मौलिकता तथा नयाँ पुस्ताले भूल्दै गएको नेपाली भेषभूषालाई प्रथमिकतामा राखेर क्यालेन्डरमा फोटो प्रस्तूत गरिएको छ । महरा आफै मोडेलका रुपमा छिन् ।

कार्यक्रममा महिला चेम्बरका अध्यक्ष उर्मीला श्रेष्ठले अन्तर्राष्ट्रिय जगतमा नेपाली मौलिकता बढ्दै गएको हुदाँ यस प्रकारकाको कामले नेपाली मौलिकतामा थप टेवा पुग्ने बताइन् । नायिका पूजा शर्माले नेपाली मौलिकता जोगाउन हामी सबैले मिलेर लाग्नुपर्ने बताइन् ।

फेसियल हाउसकी प्रवन्धक निर्देशक महराले श्रमका लागि कसैसंग नडराउन आग्रह गरिन् । उनले श्रम नै आफ्नो अमूल्य सम्पति भएको भन्दै इमान्दारीकता साथ श्रम गरे अवश्य सफल हुने बताइन् ।

पछिल्लो समय २०७२ को विनाशकारी भूकम्प, विश्वमारी रुपमा फैलिएको कोभिड तथा पछिल्लो समय अर्थतन्त्रमा देखिएको आर्थिक मन्दीका बाजुतपनि व्यवपार व्यवासायमा असर गरेको भन्दै पछिल्लो समय व्यवसायमा समस्या परेको बताइन् ।

नेपालकै एक प्रतिष्ठित फेसियल हाउस काठमाडौंसहित देशका प्रमुख शहरमा ६ वटा शाखा कार्यालय रहेका छन् । काठमाडौंको काठमाडौं महलमा केन्द्रीय कार्यालय रहेको फेसियल हाउसको सिटिसि मल, सुन्धारा, चावहिल, पोखरा, सुर्खेत र धनगढीमा शाखा कार्यालय रहेको छ । फेसियल हाउसले करिब १ सय जनालाई रोजगारी दिएको छ ।

Recent Comments

No comments to show.