ओलम्पिक छनोटमा नेपालको यात्रा समाप्त, पहिलो चरणबाटै बाहिरियो

ओलम्पिक छनोटमा नेपालको यात्रा समाप्त, पहिलो चरणबाटै बाहिरियो

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । पेरिस महिला फुटबल ओलम्पिक एसियन छनोटमा नेपालको चुनौती पहिलो चरणबाटै समाप्त भएको छ ।

छनोटको समूह ‘सी’मा रहेको नेपाल शनिबार भियतनामसँग २–० ले पराजित भएसँगै पहिलो चरणबाटै बाहिरिएको हो ।

 नेपाल भियतनामसँग समग्रमा ७–१ ले पराजित हुँदै छनोटबाट बाहिरिएको हो ।  नेपाल पहिलो खेलमा भियतनामसँग ५–१ ले पराजित भएको थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भियतनामलाई जित दिलाउन दुवै गोल पाम हाइ येनले गरिन् ।  भियतनाम छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ ।

ओलम्पिक छनोटमा नेपाल समुह सी मा रहेको थियो। नेपाल रहेको समुहमा प्यालेन्स्टाइन र अफगानिस्तान रहेपनि दुई टोलीले नाम फिर्ता लिएपछि नेपाल र भियतनाम मात्र खेलेका हुन्।

यसअघि सन् २०१८ मा भएको टोकीयो ओलम्पिक छनोटमा नेपाल दोस्रो चरणसम्म प्रवेश गरेको थियो।

Recent Comments

No comments to show.