पैसामा सुतेर टिकटक बनाउनेलाई प्रहरीले सचेत गरायो

पैसामा सुतेर टिकटक बनाउनेलाई प्रहरीले सचेत गरायो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ओछ्यानमा पैसामाथि सुत्नेर टिकटक बनाई भिडियो पोष्ट गर्ने व्यक्तिलाई प्रहरीले सचेत गराएर छाडेको छ। 

नेपाल राष्ट्र बैंकले यो विषयमा चासो व्यक्त गरेपछि जिल्ला प्रहरी परिसरले यसरी भिडियो बनाउने महोत्तरी जिल्ला बर्दिबास–१ स्थायी घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–५ टिकाथली बस्ने सुलभ आचार्य रहेको पत्ता लगाएको थियो।

उनले केहीअघि एक हजार र पाँच सय दरका नोट ओछ्यानमा राखी भिडियो बनाएर सार्वजनिक गरेका थिए । उनीसँग सोधपुछ गर्दा अध्ययनका लागि विदेश जाने क्रममा कलेजको शुल्क बुझाउन बैंकबाट निकालिएको पैसा रमाइलोका लागि खाटमा बिछ्याएर भिडियो बनाएको बताएको परिसरले जनाएको छ। 

उनले एभरेष्ट बैंकबाट निकालेको देखिएको छ। अब उप्रान्त यस्ता प्रकारका गतिविधि नगर्ने शर्तमा उनलाई निगरानीमा रहने गरीसचेत गराई छाडिएको परिसरका प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले जानकारी दिए।

Recent Comments

No comments to show.