रामानन्दाचार्य सेवा पीठहरुमा धुमधाम साथ मनाइयो हनुमान जयन्ती (फोटोफिचर)

रामानन्दाचार्य सेवा पीठहरुमा धुमधाम साथ मनाइयो हनुमान जयन्ती (फोटोफिचर)

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जगद्गुरु रामानन्दाचार्य सेवा पीठले  हनुमान जयन्ती भब्यरुपमा मनाएका छन् ।

देश विदेशमा रहेका जगद्गुरु रामानन्दाचार्य सेवापीठमा   सहभागि भक्तजनहरुले बिशेष पूजा, ध्यान साधना कीर्तन सहित ‘हनुमान जयन्ती’ पर्व मनाएका हुन् ।

रामानन्दाचार्य सेवा पीठहरुमा बिहानैदेखि भेला भएका भक्तजनहरुले पूजा पाठ सकेर साधुसन्त र उपस्थित भक्तजनहरुलाई भोजन ग्रहण गराएका थिए ।

रामानन्दाचार्य सेवा पीठ,श्रीराम तारक ब्रम्ह पीठ चतरा र महायोगी सिद्धबाबा अध्यात्मिक प्रतिष्ठान काठमाडौं, पोखरा, चितवन, सुर्खेत लगायत देश विदेशमा रहेको पीठमा विशेष कार्यक्रम भएको थियो ।

कार्यक्रमको जगद्गुरु रामानन्दाचार्य सेवापीठको पेज मार्फत लाइभ प्रशारण भएको थियो । विभिन्न पीठले सदगुरूदेवको अनुकम्पा र कृपाले प्राप्त निर्देशन बमोजिम निष्ठा, विधि र भक्तिपूर्वक यस कार्यक्रम मनाउँदै आईरहेको छ ।

रामायण कथाहरू, पात्रहरू अनि घटनाक्रममा हनुमान सबैभन्दा लोकप्रिय, दयावान अनि शक्तिशाली पात्रका रूपमा देखिन्छन् । रामभक्त अनि बलवान हनुमानलाई बल र शाहसको पर्यायका रूपमा पनि अभिव्यक्त गरिएको पाइन्छ। 

पौराणिक कथामा उल्लेख भएअनुसार अन्जानेरी पर्वतमा जन्मिएका हनुमानकी आमा अन्जना एउटी अप्सरा हुन्। जो आफूमाथि परेको श्रापको कारणले पृथ्वी लोकमा बसेकी हुन् । हनुमानका पिता सुमेरु पर्वतका राजा वृहस्पतिका छोरा केशरी हुन्।

हनुमानलाई पवन पुत्र पनि भनिन्छ । आमा अञ्जनाले लामो समयसम्म भगवान् शिवको आराधना गरेपछि उनको आराधनाले भगवान् शिव प्रसन्न भए। त्यसपछि शिवले भगवान् वायुलाई आफ्नो पुरुष शक्ति अनि ऊर्जाहरूलाई केन्द्रित गरेर अञ्जनाको गर्भमा भरिदिन भनेपछि हनुमान गर्भमा आएकाले हनुमानलाई वायु पुत्र या पवन पुत्र भनिन्छ । हनुमान बाहेक महाभारतका कुन्तीपुत्र भीम पनि पवनपुत्र हुन् ।

हनुमानलाई वायुका छोरा मानिन्छ । हनुमानले जुनसुकै रूप धारण गर्न सक्ने विश्वास गरिन्छ । शतरुद्र संहितामा एकादश रुद्रमध्ये एघारौँ रूप हनुमानको मानिएको छ ।

रुद्रहरू हनुमान सम्प्रदायको विकास हुनुपूर्व नै अस्तित्वमा आइसकेको पौराणिक मान्यता छ । यसरी रामायणभन्दा पूर्वहनुमानको अस्तित्व रहेको शास्त्रीय मत छ ।

रामायण नै हनुमानको बारेमा जानकारी दिने सबभन्दा आधिकारिक स्रोत हो । वैदिक शास्त्रीय ग्रन्थमा पनि विष्णु अवतारका रूपमा जन्म लिनुभएका रामचन्द्रलाई सहयोग गर्न शिव अवतारका रूपमा हनुमानले पनि जन्म लिएकाे वर्णन गरिएको छ ।

स्कन्द पुराणको अवन्तिखण्डमा हनुमानभन्दा जगतमा ठूलो प्राणी कोही छैन भन्ने व्याख्या गरिएको छ । परब्रह्म, उत्साह, मति, प्रताप, सुशीलता, माधुर्य, नीति, गाम्भीर्य, चातुर्य, सुवीर्य, धैर्य आदि क्षेत्रमा हनुमानभन्दा अर्को ठूलो कोही पनि छैन भनी वर्णन गरिएको छ ।

हनुमानलाई बजरङ्ग बली पनि भनिन्छ किनकी हनुमानको शरीर एक वज्रको समान थियो । हनुमान पवनपुत्रको रूपमा चिनिन्छन् । किन भने पवन देव (हावाको देवता) ले हनुमानको पालन पोषणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

पाँचमुखी, अत्यन्त तेजस्वी पराक्रमी, पञ्चतत्व र पञ्चरुद्र स्वरूपी, अति भयानक रौद्ररूपी हनुमानको ध्यान गर्नाले सबै काम पूर्ण हुन्छन् भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पण्डित बालमुकुन्द देवकोटा बताउँछन् ।

हनुमानको पूजा आराधना गरेमा रोग व्याधि, बाधा, राजाको भय, प्राकृतिक शक्तिको बाधा, पिचासी शक्ति, भूत, नकारात्मक तत्व, बतास, खोला, आगो, राक्षसी शक्तिको प्रकोप र बेतालबाट पनि मुक्ति पाइन्छ भन्ने मान्यता छ ।

हनुमानले भक्तियोग र कर्मयोगद्वारा रामको निकटता प्राप्त गरेका थिए । वैष्णव सम्प्रदायमा हनुमानलाई विभिन्न यौगिक शक्ति प्राप्तिको लागि पनि पूजा गर्ने चलन छ ।

आठ प्रकारका यौगिक शक्ति अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्रकाम्य, इशित्व र वशित्व हनुमानमा थिए ।

हनुमानलाई परब्रह्म र रौद्ररूपमा पनि स्मरण गरिन्छ । हनुमानको मूर्तिमा सिन्दूर लगाइएको हुन्छ । सिन्दुरले हड्डी एवं मांशलाई सुसङ्गठित शरीर निमार्णमा भूमिका खेल्दछ ।

Recent Comments

No comments to show.