रवि लामिछानेमाथि मुद्दा नचलाउने निर्णयविरुद्धको रिटको सुनुवाइ आज

रवि लामिछानेमाथि मुद्दा नचलाउने निर्णयविरुद्धको रिटको सुनुवाइ आज

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका रास्वपाका सभापति रवि लामिछानेविरुद्धको रिट निवेदनको सुनुवाइ आज हुने भएको छ।

न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा मंगलबार पेसी तोकिए पनि हेर्न नमिल्ने भएपछि आजका लागि सुनुवाइ तय भएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए।

रास्वपाका सभापति लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता डाक्टर दिनमणि पोखरेलले गरेको निर्णय बदर गर्नुपर्ने माग गर्दै दायर गरेको रिट निवेदन सोमबार दर्ता भएको थियो।

अधिवक्ता युवराज पौडेल ‘सफल’ले लामिछानेविरुद्ध मंगलबार दायर गरेको रिट निवेदनमा राहदानी दुरुपयोगमा सजाय हुनुपर्नेमा उन्मुक्ति दिएको उल्लेख गर्दै उक्त निर्णय बदर गर्न माग गरिएको छ।

यसअघि नै उनले प्रक्रियागत रूपमा नेपाली नागरिकता नलिएको उल्लेख गर्दै लामिछाने नेपाली नागरिक नभएको फैसला सुनाएको थियो। उक्त फैसलासँगै लामिछानेको सांसद र मन्त्री पद गुमेको थियो। अहिले जिल्ला प्रशासन कार्यालयबाट प्रक्रिया पूरा गरी लामिछानेले नेपाली नागरिकता लिइसकेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहालले दोस्रोपटक विश्वासको मत लिने दिन चैत ६ गते नै महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो। ​आफूविरुद्ध मुद्दा नचलाउने निर्णय गराएर प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि लामिछाने फेरि चितवन क्षेत्र नम्बर २ बाट उपनिर्वाचनमा उठेका छन्। सत्ता गठवन्धनमै रहे पनि निर्वाचन भने उनी एक्लै लडेका छन्।

जिल्ला सरकारी वकिलको कार्यालय हुँदै उच्च सरकारी वकिलको कार्यालयबाट आएको प्रतिवेदन र महान्यायाधिवक्ता कार्यालयको टिप्पणीको आधारमा महान्यायाधिवक्ताले मुद्दा नचलाउने निर्णय गरेको बताइएको थियो। उक्त निर्णय बदर गर्न माग गर्दै रिट निवेदन परेको थियो।

Recent Comments

No comments to show.