आईसीसी वरीयतामा खस्किए करण; सन्दीप, सोमपाल र रोहित यथावत

आईसीसी वरीयतामा खस्किए करण; सन्दीप, सोमपाल र रोहित यथावत

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका तीव्र गतिका बलर करण केसीको एकदिवसीय बलिङ वरीयतामा खस्किएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको एकदिवसीय अन्तराष्ट्रियको नयाँ वरीयतामा करण केसी एक स्थान तल झर्दा अन्य खेलाडीको वरीयतामा यथावत रहेका छन्।

सन्दीप बलिङतर्फ २२औं स्थानमा छन्। बलिङ तर्फ नै सोमपाल कामी ६९औं र दीपेन्द्र सिंह ऐरी ५३औं स्थानमा यथावत रहँदा तीव्र गतिका बलर करण केसी भने १ स्थान तल झरेर ९६औं स्थानमा पुगेका छन्।

ब्याटिङतर्फ भने कप्तान रोहित कुमार पौडेलको ५८औं र आसिफ शेख भने ६७औं स्थानमा कायमै छन्। ब्याटिङतर्फ पाकिस्तानका कप्तान बाबर अजाम शीर्ष स्थानमा रहँदा बलिङतर्फ भने अष्ट्रेलियाका तीव्र गतिका बलर जोस हेजलउड शीर्ष स्थानमा छन्।

Recent Comments

No comments to show.