काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहीबारका लागि सरेको छ ।
आज मंगलबार बस्ने भनिएको बैठक चैत १६ गते बिहीबारका लागि सरेकाे हाे । बैठक बिहीवार ११ बजे बस्ने काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा सरकारमा सहभागिता लगायत विषयमा छलफल हुने नेपाली काँग्रेसले जनाएको छ । सरकारमा जाने नेताहरुको नाम काँग्रेसले लगभग टुंगो लगाइसकेको छ ।
प्रतिक्रिया