तिब्बती नागरिकलाई नेपाली नागरिकता बनाउने गिरोह प्रहरी फन्दामा

तिब्बती नागरिकलाई नेपाली नागरिकता बनाउने गिरोह प्रहरी फन्दामा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । तिब्बती नागरिकलाई नेपाली नागरिकता बनाउन सक्रिय गिरोहको प्रहरीले पर्दाफास गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले सो गिरोहका पाँच जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । 

प्रहरीले झापा केचनाकवलका ४७ वर्षीय कृष्णबहादुर कटवाल, काठमाडौं बबरमहलका ७० वर्षीय न्युल्केस श्रेष्ठ, मोरङ सुन्दर हरैँचाका ४९ वर्षीय हिरालाल सिवाकोटी, तनहुँस्थित तिब्बतीयन शिविरमा बस्ने २५ वर्षीय लोब्साङ ठिन्ले र ललितपुर गोदावरीका ३० वर्षीय विजय लामालाई प्रक्राउ गरेको हो । 

यो लेखापढीको काम गर्ने कटवालले हालसम्म पाँच सयभन्दा बढीको नेपाली नागरिकता बनाइदिएको प्रहरीले दाबी गरेको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयमा क्यान्टिन चलाउँदै आएका विजय लामाले सेटिङ मिलाएर तिब्बती नागरिकलाई नेपाली नागरिकता बनाउन सहयोग गरेको प्रहरीले जनाएको छ । यसरी नागरिकता लिएका तिब्बती लोब्साङ पक्राउ परेपछि यो गिरोहको पर्दाफास भएको हो ।  

यो प्रकरणमा जिल्ला प्रशासनका केही कर्मचारीमाथि पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । 

Recent Comments

No comments to show.