तनहुँ-२ र बारा-२ को उपनिर्वाचन वैशाख १० मा हुने

तनहुँ-२ र बारा-२ को उपनिर्वाचन वैशाख १० मा हुने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनपछि रिक्त भएको तनहुँ- १ र बारा – २ मा पनि आगामी वैशाख १० गते नै उपनिर्वाचन हुने भएको छ ।

वैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने गरी समय समेत निर्धारण गरिएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जनाएका छन् ।

४ मंसिरमा भएको प्रतिनिधिसभाको निर्वाचनमा तनहुँ १ बाट रामचन्द्र पौडेल र बारा २ बाट निर्वाचित जसपाका रामसहायप्रसाद यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

तर, फागुन २५ मा तनहुँ १ बाट निर्वाचित सांसद पौडेल राष्ट्रपति र बारा २ बाट निर्वाचित सांसद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि यी दुई क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

नेपालको संविधानको धारा ६२ को उपधारा (६) र धारा ६७ को उपधारा (३) मा निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहको व्यक्ति राष्ट्रपति वा उपराष्ट्रपति पदमा निर्वाचित भएमा निजको त्यस्तो पद स्वतः रिक्त हुने व्यवस्थाबमोजिम उपनिर्वाचन हुन लागेको हो ।

२०७९ चैत १६ गते उपनिर्वाचन प्रयोजनको निम्ति आयोगबाट स्वीकृत अन्तिम मतदाता नामावली प्रकाशन, चैत १८ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना, चैत २० गते उम्मेदवारको मनोनयन दर्ता र चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।

Recent Comments

No comments to show.