विश्वासको मत दिने सबै दलहरु सरकारमा सहभागी हुन्छन् -नेता बस्नेत

विश्वासको मत दिने सबै दलहरु सरकारमा सहभागी हुन्छन् -नेता बस्नेत

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवम् सांसद शक्तिबहादुर बस्नेतले केही दिन भित्रै सरकारले पूर्णता पाउने बताएका छन् । 

उपमहासचिव बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने सबै राजनीतिक दलहरु सरकारमा सहभागी हुने विश्वास समेत व्यक्त गरे । विपक्षमा बस्ने भनेर कुनै पनि राजनीतिक दलहरुले नभनेकाले उनीहरु सबै सरकारमा सहभागी हुने उनको भनाई थियो । 

प्रधानमन्त्री दाहालले विश्वास मत लिएलगत्तै उपमहासचिव बस्नेतले राष्ट्रिय सहमती निर्माण गरेर अघि बढ्न सरकार र सत्तारुढ दलहरु लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गरे । 

उनले भने, ‘सोचे अनुसारको सहमति नभएपनि अधिकतम सहमतिको वातावरण तय भएको छ । फेरी पनि आगामी दिनमा सहमती निर्माण गरेर अघि बढ्नका लागि सरकारले आफ्नो तर्फबाट प्रयत्न गर्छ । हामी सबैको प्रयत्न हुन्छ । प्रधानमन्त्रीज्यूले भन्नु भएजस्तै केही दिन भित्रै यसले पूर्णता पाउँछ । अहिले गठबन्धनमा सहभागी भएका सबै दल, अहिले सरकारलाई विश्वासका मत दिएका सबै दलहरु सरकारमा सहभागी हुने वातावरण बन्न सक्छ ।’

उपमहासचिव बस्नेतले केही दलहरुले रुचि नदेखाएपनि अधिकतम सहमति निर्माण गरेर सरकार अघि बढ्ने वातावरण बनेको पनि बताए । 

Recent Comments

No comments to show.