बेलकोटगढी –३ निवासी रोजिनाले घरमै प्राप्त गरिन् नागरिकता

बेलकोटगढी –३ निवासी रोजिनाले घरमै प्राप्त गरिन् नागरिकता

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

त्रिशूली । नुवाकोटको बेलकोटगढी नगरपालिका–३ निवासी पूर्णरूपमा शारीरिक अशक्त रोजिना बजगाईँले घरमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् ।

शारीरिकरूपमा अशक्त व्यक्तिले पाउने सामाजिक सुरक्षा भत्तावापतको रकम नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने उमेर पुगेपछि नागरिकता अनिवार्य भएकाले उक्त सुविधाबाट बञ्चित हुन नदिन नुवाकोट प्रशासनले घरमै पुगेर उनलार्य आज नागकिरताको प्रमाणपत्र उपलब्ध गराएको हो ।

विसं २०६२ मङ्सिर ५ गते जन्मिएकी बजगाईँलाई नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले घरमा पुगेर नागरिकता प्रदान गरेसँगै उनले मासिक रु चार हजार पाउँदै आएको सुविधा पाउन सहज हुने उनको बुवा कान्छो बजगाईँले बताए ।

उनका अनुसार जन्मजात नै शारीरिकरूपमा पूर्ण अशक्त भएकी रोजिनालाई घरको पिँढीमा बनाइएको काठको घेराबारमा राखेर पालनपोषण गराइने गरिएको छ । रासस

Recent Comments

No comments to show.