सुनको मूल्य एकैदिन तोलामा १७ सय बढ्यो

सुनको मूल्य एकैदिन तोलामा १७ सय बढ्यो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । साताको पहिलो दिन सुनचाँदी दुवैको मूल्य बढेको छ। सुन तोलामा १ हजार ७ सय र चाँदी २५ रुपैयाँ बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अुनसार आज सुनको खरिद बिक्री मूल्य एक लाख तीन हजार ५००, तेजावी सुनको मूल्य एक लाख तीन हजार र चाँदीको मूल्य एक हजार २४५ रुपैयाँ कायम भएको छ ।

शुक्रबार सुनको मूल्य एक लाख एक हजार ८००, तेजावी सुनको मूल्य एक लाख एक हजार ३०० र चाँदीको मूल्य एक हजार २२० रुपैयाँ थियो।

गत साता मूल्य क्रमिक घट्दै सुन प्रतितोला एक लाख एक हजार रुपैयाँमा आइपुगेको थियो। चालु महिनाको सुरुवातमा प्रतितोला १ लाख ४ हजार थियो। अन्तिममा फेरि मूल्य त्यसको नजिक पुगेको छ।

Recent Comments

No comments to show.