विराटनगर। प्रदेश १ प्रदेशसभा बैठकमा नामकरणमाथिको छलफल सकिएको छ। आज दिउँसोबाट सुरु भएको बैठकमा नामकरण माथिको छलफल सकिएको हो।
प्रदेशसभामा नेकपा एमालेले कोसी प्रदेश राख्नुपर्ने प्रस्ताव गरेको छ। सोही नामका विषयमा सांसदलहरुले छलफलमा सहभागिता जनाए।
छलफल सकिएपछि सभामुख बाबुराम गौतमले प्रदेशसभा बैठक दुई घण्टाका लागि स्थगित गरेका छन्।
दुई घण्टापछि सुरु हुने बैठकमा मत विभाजन हुनेछ। प्रदेशसभा सचिवालयले मत विभाजनका लागि आवश्यक तयारी गरेको छ।
प्रतिक्रिया