काठमाडौं । जबरजस्ती करणीको आरोपमा २०७८ फागुन १५ गते पल शाह जिल्ला प्रहरी कार्यालय तनहुँमा आफैँ उपस्थित भएका अभिनेता पल शाह एकवर्षपछि निर्दोष ठहरिएका छन् ।
उच्च अदालत पोखराका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले दाबी नपुग्ने ठहर गरेको हो। अब उच्च अदालतले जिल्ला अदालत नवलपुरमा पललाई सफाइ दिएको र जिल्ला अदालतको फैसला बदर गरेको पत्र पठाउने छ।
त्यही पत्रका आधारमा जिल्ला अदालतले कारागारलाई पत्र पठाएपछि कारागारले पललाई छाड्ने छ। पल भोलि कारागारबाट छुटेपछि सिधै काठमाडौं आउने भएका छन्।
प्रतिक्रिया