नुवाकोटमा मोटरसाइकल दुर्घटना, १ को मृत्यु, १ जना गम्भिर घाइते

नुवाकोटमा मोटरसाइकल दुर्घटना, १ को मृत्यु, १ जना गम्भिर घाइते

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नुवाकोट महोत्सव समापन हेरेर फर्किने क्रममा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

पिपलटारमा भएको महोत्सवबाट विदुरतर्फ आउँदै गर्दा वाग्मती प्रदेश २–२२ २७२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई डिभाइडरमा ठोक्किएको थियो ।

दुर्घटनामा घाइतेमध्ये विदुर नगरपालिका-११ गेर्खुका अन्दाजी ३२ वर्षीय विष्णु प्याकुरेलको जिल्ला अस्पताल त्रिशूलीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  

सख्त घाइते भएका २६ वर्षीय भीम महतको त्रिशूली अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौंको नेपाल प्रहरी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

घाइते महत जिल्ला प्रहरी कार्यालय नुवाकोटमा कार्यरत प्रहरी जवान हुन् ।

उनी सोही मोटरसाइकलमा डिउटी सकेर विदुरस्थित कार्यालयमा आउँदै थिए । उनी महोत्सवको लागि डिउटीमा खटिएका थिए ।

Recent Comments

No comments to show.