प्रतिभा सर्वोत्कृष्ट खेलाडी,उत्कृष्ट स्पाइकरमा निरुता ठगुन्ना

प्रतिभा सर्वोत्कृष्ट खेलाडी,उत्कृष्ट स्पाइकरमा निरुता ठगुन्ना

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । उपाधि विजेता न्यू डायमन्ड स्पोर्ट्स क्लबकी स्पाइकर प्रतिभा माली छैटौँ राष्ट्रिय महिला भलिबल प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन् ।

उनले नगद ५० हजार रुपैयाँ पाइन् । विधागततर्फ उत्कृष्ट स्पाइकरमा एपीएफकी निरुता ठगुन्ना, उत्कृष्ट ब्लकरमा एपीएफकी हिरा केसी, उत्कृष्ट सर्भरमा एपीएफकी सरस्वती चौधरी, उत्कृष्ट सेटरमा न्यू डायमण्डकी प्रगति नाथ, उत्कृष्ट लिवेरोमा न्यू डायमण्डकी सलिना श्रेष्ठ, उत्कृष्ट प्रशिक्षकमा न्यू डायमण्डका कुमार राई र उदयीमान खेलाडीमा न्यू डायमण्डकी सलिना बुढामगर घोषित भए।

विधागततर्फका उत्कृष्ट भएका खेलाडीहरूले जनही नगद १५ हजार रुपैयाँ पाएका छन् ।

Recent Comments

No comments to show.