सनराइज बैंकद्वारा त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई आर्थिक सहयोग

सनराइज बैंकद्वारा त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई आर्थिक सहयोग

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । सनराइज बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभाग ९ऋःम्० बिच सम्झौता भएको छ।

सम्झौता अनुसार बैंकले केन्द्रीय व्यवस्थापन विभाग, त्रिभुवन विश्वविद्यालय एम.वि.एसमा स्नातकोत्तरका ८ जना विपन्न र जेहेनदार विद्यार्थीहरुलाई आफ्नो अध्ययनको क्रममा थेसिस प्रयोजनको लागि चाहिने आर्थिक सहयोग गर्ने भएको छ।

देशै भरिका विद्यार्थीहरु आएर अध्ययन गर्ने यस विश्वविद्यालयमा विभिन्न संकायमा १९५९ सालदेखि अध्ययन अध्यापन हुँदै आएको छ। यस सहयोगले गुणस्तरीय थेसिस लेख्न विद्यार्थीहरुलाई प्रोत्साहन मिल्ने केन्द्रीय व्यवस्थापन विभागका प्रमुख भवानी शंकर आचार्यले बताए।

एक कार्यक्रममा त्रिविवि को परिसरमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र त्रिभुवन विश्वविद्यालय, केन्द्रीय व्यवस्थापन विभागका विभागीय प्रमुख प्रा.भवानी शंकर आचार्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन। सो हस्ताक्षर कार्यक्रममा बैंकका नायब महाप्रबन्धक रविन कुमार नेपाल लगायत त्रिविवि का अन्य उच्च पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो।

Recent Comments

No comments to show.