सुन र चाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुन र चाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा बुधवार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ।

मंगलबार प्रति तोला १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बुधबार तोलामा ५ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुन पनि तोलामा ५ सयले बढेर प्रति तोला १ लाख ५ हजार ८ सयमा कारोबार भइरहेको छ । चाँदीको मुल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज दश ग्राम छापावाल सुनको मुल्य ९१ हजार १ सय ३५ रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९० हजार ७ सय ५ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ७४  रुपैयाँ ५० पैसा कायम गरेको छ।

Recent Comments

No comments to show.