साना किसान लघुवित्तको नाफामा उल्लेख्य सुधार, इपीएस कति ?

साना किसान लघुवित्तको नाफामा उल्लेख्य सुधार, इपीएस कति ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थाको खुद नाफामा उल्लेख्य सुधार आएको छ ।

लघुवित्तले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ३४.३३ प्रतिशतले बढेको छ ।

लघुवित्तले चालु आर्थिक वर्षको पुस मसान्तसम्म ४३ करोड ४९ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११ करोड रुपैयाँ बढी हो। गत आवको सोही अवधिमा माइक्रोफाइनान्सले ३२ करोड ३८ लाख २ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी, संचालन मुनाफा बढेसँगै लघुवित्तको नाफामा उल्लेख्य सुधार आएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३७.४४ प्रतिशत बढेर ८४ करोड ९८ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी, संचालन मुनाफा ३४.३९ प्रतिशतले बढेर ६२ करोड ३ लाख पुगेको छ ।

समीक्षा अवधिमा लघुवित्तले १ अर्ब ४४ करोड निक्षेप संकलन र १७ अर्ब २१ करोड सापटी लिई वित्तीय संस्थाहरुलाई कुल ३० अर्ब ८३ करोड कर्जा लगानी गरेको छ । पुस मसान्तसम्म लघुवित्तको चुक्ता पूँजी १ अर्ब ५६ करोड, सेयर प्रिमियममा १ करोड ८२ लाख, रिटेन्ड अर्निङमा १ अर्ब ५९ करोड र जगेडा कोषमा १ अर्ब ४३ करोड रुपैयाँ संचित छ ।

खुद नाफा बढेसँगै लघुवित्तको प्रतिसेयर आम्दानीमा पनि सुधार आएको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी १४.०७ रुपैयाँ बढेर ५५.६१ रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ २९४.४९ रुपैयाँ, मूल्य आम्दानी अनुपात २२.७१ गुणा र खराब कर्जा १.३७ प्रतिशत रहेको छ ।

Recent Comments

No comments to show.