विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ : राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३० रुपैयाँ ७८ पैसा र बिक्री दर १३१रुपैयाँ ३८  पैसा कायम गरेको छ। 

युरो एकको खरिद दर १४१ रुपैयाँ ५४ पैसा र बिक्री दर १४२ रुपैयाँ १९ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १६१ रुपैयाँ ५ पैसा र बिक्री दर १६१ रुपैयाँ ७९ पैसा छ। 

यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १४० रुपैयाँ ८४ पैसा र बिक्री दर १४१ रुपैयाँ ४९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ९१ रुपैयाँ ४१ पैसा र बिक्री दर ९१ रुपैयाँ ८३ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९९ रुपैयाँ १० पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ५४ पैसा छ।

जापानी येन एकको खरिद दर १० रुपैयाँ ३ पैसा र बिक्री दर  १० रुपैयाँ ०८ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ ३५ पैसा र बिक्री दर १९ रुपैयाँ ४४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३४ रुपैयाँ ८४ पैसा र बिक्री दर ३५ रुपैयाँ ० पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३५ रुपैयाँ ६७ पैसा र बिक्री दर ३५ रुपैयाँ ८३ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर ३० रुपैयाँ ६६ पैसा छ भने बिक्री दर ३० रुपैयाँ ८० पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर १० रुपैयाँ ५६ पैसा र बिक्री दर १० रुपैयाँ ६१ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।

Recent Comments

No comments to show.