पूर्वगृहमन्त्रीको सूचीमै छैन रवि लामिछानेको नाम, पूर्वगृहमन्त्री भन्ने/नभन्ने गृह नै अलमलमा

पूर्वगृहमन्त्रीको सूचीमै छैन रवि लामिछानेको नाम, पूर्वगृहमन्त्री भन्ने/नभन्ने गृह नै अलमलमा

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  सर्वोच्च अदालतले नागरिकता अवैध रहेको ठहर गरेपछि उपप्रधान एवं गृहमन्त्रीबाट राजीनामा दिएका रवि लामिछानेको नाम पूर्वगृहमन्त्रीको सूचीमा समेत समावेश छैन ।

मन्त्रालयको वेबसाइटमा अरू पूर्वगृहमन्त्रीहरूको नाम उल्लेख भएपनि शनिवार बेलुकासम्म उनको नाम छैन । गृहको जिम्मेवारी प्रधानमन्त्री प्रचण्ड आफैँले सम्हालिसकेका छन् ।

लामिछानेलाई पूर्वगृहमन्त्री भन्ने/नभन्ने बारेमा कुनै निर्णय नभएको गृह मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङले बताए । त्यस्तो निर्णय राजनीतिक तहबाटै हुन सक्ने उनको भनाइ छ ।

Recent Comments

No comments to show.