गृहमन्त्री लामिछानेले भने – प्रेम आचार्यजी हामीले आशा जगाउन सकेनौँ, माफ गर्नुहोला

गृहमन्त्री लामिछानेले भने – प्रेम आचार्यजी हामीले आशा जगाउन सकेनौँ, माफ गर्नुहोला

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रेम आचार्यको आत्मदाह गर्ने निर्णय फेर्न नसकेकोमा हामी दोषी रहेको बताएका छन्।

नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि आत्मदाहको प्रयास गरेका इलामका प्रेमप्रसाद आचार्यको मृत्युपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले सामाजिक सञ्जालमार्फत् यस्तो बताएका हुन्।

सामाजिक सञ्जालबाट आचार्यप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मन्त्री लामिछानेले आचार्यलाई उत्साह थपेर आत्मदाहको निर्णय फेर्न नसकेकोमा माफी समेत मागेका छन्।

गृहमन्त्री लामिछानेले फेसबुक र ट्वीटरमा लेखेका छन्,’आत्मदाहको निर्णय हिजोदेखिको निराशा र पीडाको परिणाम हो। दुस्ख त यसमा लागेको छ कि हामीजस्ता नयाँहरूको आगमनले समेत तपाईंमा आशा जगाउन सकेन,आत्मदाहको निर्णय फेर्न सकेन। यसमा हामी दोषी छौँ, म दोषी छु। प्रेम आचार्यजी, नयाँ दल र नेताको रूपमा तपाईंमा आशा जगाउन सकेनौँ, हामीलाई माफ गर्नुहोला।’

मंगलबार दिउँसो आत्मदाहको प्रयास गरेका आचार्यको कीर्तिपुर अस्पताल उपचारको क्रममा आज बिहान मृत्यु भएको हो।

आचार्यले आत्मदाहको प्रयास गर्नुअघि सामाजिक सञ्जालमा लामो स्टाटस लेखेका थिए।

स्टाटसमा उनले ३६ वर्ष पुगिसक्दा पनि केही उपलब्धि हासिल गर्न नसकेको, व्यवसाय गर्दा, उद्योग चलाउँदा समस्या भोग्नुपरेको उल्लेख गरेका छन्।

Recent Comments

No comments to show.