सूर्यज्योति लाइफ इन्स्योरेन्सको ‘सेल्स कन्भेन्सन’ कार्यक्रम सम्पन्न

सूर्यज्योति लाइफ इन्स्योरेन्सको ‘सेल्स कन्भेन्सन’ कार्यक्रम सम्पन्न

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारीको प्राविधिक तथा बजार व्यवस्थापन कार्यक्षमता अभिवृद्धि गर्ने र उत्प्रेरणामूलक सेल्स कन्भेन्सन कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा कम्पनीका जोनल हेड, प्रोभिन्स हेड ,रिजनल म्यानेजर, शाखा प्रबन्धक, सेल्स एक्जुकेटिभ लगायत करिब ३०० जना कर्मचारी सहभागी थिए ।

कार्यक्रममा कम्पनीका कर्पोरेट ट्रेनर रबिन कटुवालले व्यक्तित्व विकास र सेल्स सम्बन्धी विशेष ट्रेनिङ दिएका थिए । साथै कार्यक्रममा व्यवसायिक लक्ष्य हासिल गर्ने, कार्यालय संचालनमा उत्कृष्ट योग्दान पुर्याउने कर्मचारीहरूलाई कम्पनीका सीईओ प्रकाश विक्रम खत्रीले सम्मान गरेका थिए।

कार्यक्रममा ३ जना जोनल हेड ,३ जना प्रोभिन्स हेड ,५ जना रिजनल म्यानेजर १० जना शाखा प्रमुख ,१२ जना कार्यलय संचालनमा सहयोग पुर्याउने कर्मचारी तथा १५ जना सेल्स एक्जुकेटीभ गरी ४८ जना उत्कृस्ट कर्मचारीहरूलाई सम्मान गरिएको थियो ।

सीईओ खत्रीले कम्पनीको पहिलो भव्य सेल्स कन्भेन्सनबाट कर्मचारीहरूले कम्पनीको हालको अवस्था, आगामी बजार विस्तार योजना र रणनीति सम्बन्धी बृहत ज्ञान हसिल गर्नुका साथै यस किसिमका सीप तथा प्रविधि मैत्री तालिमबाट कर्मचारीहरू उत्साहित र थप ऊर्जावान भएको बताए ।

उनले कर्मचारीको दक्षता अभिवृद्धि गर्नु नै कम्पनीको प्रमुख लक्ष्य रहेको र आगामी दिनहरूमा पनि विभिन्न तालिम तथा सीपमूलक कार्यक्रम आयोजना गर्दै जाने प्रतिबद्धता जनाए ।

कम्पनीका संचालक नन्दकिशोर शर्माले सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स बीच भएको जीवन बीमा क्षेत्रकै पहिलो सफल मर्जरपछि बनेको सूर्यज्योति लाइफले आइएसओ ९००१ः२०१५ बाट सम्मानित भएको जानकारी दिए ।

हाल कम्पनीको चुक्ता पूँजी रु ४.५४ अर्ब रहको छ । कम्पनीले हाल देशभरका १८१ शाखा कार्यालयहरूबाट आफ्ना सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको छ ।

Recent Comments

No comments to show.