उपसभामुखको उम्मेदवारी दर्ता आज, यस्तो छ निर्वाचन कार्यतालिका

उपसभामुखको उम्मेदवारी दर्ता आज, यस्तो छ निर्वाचन कार्यतालिका

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  उपसभामुखका निर्वाचनका लागि शुक्रबार मनोनयन दर्ता हुँदैछ। मनोनयन दर्ताका लागि संघीय संसद् सचिवालयले दिउँसो १ देखि अपराह्न ४ बजेसम्मको समय निर्धारण गरेको छ। 

‘प्रतिनिधिसभा सदस्यलाई उपसभामुख पदमा निर्वाचित गरियोस्’ भनी प्रतिनिधिसभा नियमावली २०७५ को नियम ८ को उपनियम २ बमोजिम प्रस्तावको सूचना दर्ता आज हुने सचिवालयले जनाएको छ।

सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार शुक्रबार सवा ४ बजे मनोनयन दर्ताको अन्तिम नामावली प्रकाशन हुनेछ। 

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई निर्वाचन अधिकृत तोकिएको छ। उपसभामुखको निर्वाचन माघ ७ गते शनिबार दिउँसो १ बजे बस्ने बैठकमा हुने योगीले जानकारी दिए।

उपसभामुखका लागि सत्ता साझेदार दलले रास्वपाका सांसद सोविता गौतमलाई उम्मेदवार बनाउने तयारी गरेको छ।  सत्ता गठबन्धन बाहिर रहेको र सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले निर्णय गरिसकेको छैन।

प्रतिनिधिभा सभामुखमा बिहीबार एमालेका सांसद देवराज घिमिरे निर्वाचित भइसकेका छन्। 

Recent Comments

No comments to show.