नेपाल टेलिकमको सेवामा समस्या आए १४९८ र १९८ मा कल गर्ने सकिने

नेपाल टेलिकमको सेवामा समस्या आए १४९८ र १९८ मा कल गर्ने सकिने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल टेलिकममा मंगलबार १२ बजेदेखि केही समय प्राविधिक समस्या देखियो । उक्त समस्या टेलिकमले समाधान गरेको जनाएको छ ।

प्राविधिक समस्या समाधानपश्चात पनि  टेलिकमले ‘समाधान भइसकेपश्चात पनि छोटो अवधिमा रोकिएका कलहरुको संख्यामा एक्कासी अत्यधिक वृद्धि हुन गई नेटवर्क कञ्जेसनका कारण केही समय कल आदान प्रदानमा ग्राहकले असजिलोपन व्यहोर्नुपरेको जनाउँदै टेलिकमले ग्राहकवर्गमा परेको असुविधाप्रति क्षमा मागेको छ । तर प्राधिकरणले के कारणले समस्या देखियो सो बारे भने जानकारी गराएको छैन ।

कम्पनीले यस्ता समस्या भविष्यमा दोहोरिन नदिन कम्पनीले प्रणालीगत सुधार कार्य निरन्तर गरिरहने बताएको छ । साथै मोबाइल, टेलिफोन तथा कम्पनीका अन्य सेवाहरुमा कुनै समस्या आएमा १४९८ र १९८ मा सम्पर्क गरी समाधानका लागि पहल गर्न पनि कम्पनी सम्पूर्ण ग्राहकहरुमा अनुरोध गर्दछ ।

Recent Comments

No comments to show.