सरकारले बल्ल तोक्यो उखुको न्यूनतम खरिद मूल्य

सरकारले बल्ल तोक्यो उखुको न्यूनतम खरिद मूल्य

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। सरकारले चालु आर्थिक वर्ष २०७९/०८० का लागि उखुको न्यूनतम खरिद मूल्य तोकेको छ।  मन्त्रिपरिषद् बैठकले बुधबार उखुको समर्थन मूल्य प्रति क्वीन्टर ५४० रुपैयाँ तोकेको हो ।

करिब ४० प्रतिशत उखु बिक्री भइसकेपछि बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले समर्थन मूल्य तोकेको हो ।

त्यस्तै उखुको ढुवानी भाडा प्रतिक्वीन्टल ७० रुपैयाँ सरकारले व्यहोर्ने पनि निर्णय गरेको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

यस आधारमा अब किसानले प्रतिक्विन्टल ६ सय १० रुपैयाँ पाउनेछन् । यो मूल्य ०७८/७९ भन्दा प्रतिक्विन्टल २० रुपैयाँ बढी हो ।

Recent Comments

No comments to show.