शुक्रबारदेखि बुद्ध एयरले काठमाडौं–तुम्लिङटार उडान गर्ने

शुक्रबारदेखि बुद्ध एयरले काठमाडौं–तुम्लिङटार उडान गर्ने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक बुद्ध एयरले काठमाडौं-तुम्लिङटार उडान गर्ने भएको छ।

बुद्धले यही माघ ६ गते (जनवरी २०) एटीआर-७२ जहाजबाट काठमाडौं–तुम्लिङटार दैनिक उडान गर्ने भएको हो ।

तुम्लिङटार उडानका लागि बुद्धले नागरिक उड्डयन प्राधिकरणबाट अनुमति समेत पाइसकेको छ । हाल बुद्धले तुम्लिङटारमा एटीआर–४२ जहाजबाट सेवा दिँदै आएको छ।

काठमाडौंबाट तुम्लिङटारमा बिहान ९:५० बजे र तुम्लिङटारबाट काठमाडौं बिहान १०:४५ बजे उडान गर्ने बुद्ध एयरले जनाएको छ ।

ठूलो जहाजबाट उडान हुँदा यात्रुलाई भाडा दर पनि थप सस्तो र उडान सरल हुने कम्पनीको विश्वास छ ।

Recent Comments

No comments to show.