२०७९ पुस २३ गते शनिवारको दैनिक राशिफल र पञ्चाङ्ग

२०७९ पुस २३ गते शनिवारको दैनिक राशिफल र पञ्चाङ्ग

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको पञ्चाङ्ग

काठमाडौ । २०७९ पुस २३ गते शनिवार, ७ जनवरी २०२३। माघ कृष्णपक्ष प्रतिपदा तिथि। पुनर्वशु नक्षत्र। चन्द्रराशि– मिथुन, १९ः४६ बजेदेखि कर्कट।

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । आकस्मिक धन लाभ हुनसक्छ ।

वृष(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

नयाँ कार्यको चर्चा चल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय रहेको छ । राजनीति तथा समाजसेवामा मन लाग्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आजबाट विस्तारै शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइनेछ । शुभ समाचार पनि सुन्न पाइएला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज राज्यबाट मान सम्मान पाइनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्, तर स्वास्थ्य प्रति सचेत रहनु पर्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज नसोचेको ठाउँबाट धनागम हुनेछ । वैदेशिक क्षेत्रको कार्य विस्तारै अघि बढ्नेछ । विशिष्ट व्यक्तिको साथ र सहयोग पाइनेछ ।

कन्या  (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

भाग्यले विभिन्न अवसर जुराउनेछ । शिक्षामा सफलता पाइनेछ । स्वास्थ्यमा सुधार आएपनि स्वास्थ्य प्रति सजगता अपनाउनु पर्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ । न्यायिक र प्रशासनिक कार्यमा सफलता मिल्नेछ । साँझमा नरमाइलो समाचार सुनिएला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आफूलाई कमजोर भएको अनुभूति हुनेछ । कुनै कारणले महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला र सानातिना समस्यामा अल्झनुपर्नेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आज नयाँ र शुभकार्यको चर्चा चल्नेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ । सामाजिक क्षेत्रमा सफलता पनि मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

आफ्नो कर्तव्य तथा समाजसेवामा मन लाग्नेछ । प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । जोशजाँगर र मनोबल उच्च रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

महिला वा मित्रबाट विशेष आज भाग्यले साथ दिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ, तर स्वास्थ्यको ख्याल गर्नु पर्छ ।

मिन (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आज यात्रा नगरेकै जाती हुन्छ । झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । नजिकका व्यक्तिबाट धोका हुने र अवसर गुम्न सक्नेछ।

 राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

– ज्यो.प. नारायणप्रसाद दुलाल

Recent Comments

No comments to show.