कविता : खोक्रो गणतन्त्र

कविता : खोक्रो गणतन्त्र

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुगीता श्रेष्ठ

कुन गणको तन्त्रमा खुसी मनाउने

दुखेसो आज कता गएर खन्याउने

गण गणको आवाज समेट्ला भनी

देश निर्माण गर्ला भनी पठायौँ चुनी

ठुल्ठुला आश्वासनले लठ्ठ पारिकन

राष्ट्रवादको चर्को भाषण छाडिकन

हाम्रो आँखामा छारो नै पो हानेछन्

हामीलाई बलीकै बोका पो ठानेछन्

सबैको हित गर्छु भनी झूठो प्रण गरे

तीनकै ईशारामा त वीरहरु बली चढे

सहिदहरुको रगतको  उपहास हुँदैछ

राष्ट्रियता झुकाई  वैरीको पाउ छुँदैछ

हाम्रो मातृभूमिको छाती चिर्नेहरुलाई

छल  कपटले सिमाभित्र छिर्नेहरुलाई

हटी हैन डटी सामाना गर्ला भन्ने आश

धोकाको चिहानमाथि भरोसाको लाश 

आडम्बरमा गणतन्त्रको दिप जलाउँदै

देशको सार्वभौमसत्ता चुपचाप ढलाउँदै

कसलाई देखाउने हो यो खोक्रो राष्ट्रवाद 

जागौँ हामी अझै नजागे हुनेछ ठूलै घात

                                        

Recent Comments

No comments to show.