पार्टीभित्रैको शक्ति लागेर मलाई हराए : पूर्वगृहमन्त्री खाण

पार्टीभित्रैको शक्ति लागेर मलाई हराए : पूर्वगृहमन्त्री खाण

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । पूर्वगृहमन्त्री तथा कांग्रेसका नेता बालकृष्ण खाणले चुनावमा आफूलाई हराउन पार्टीभित्र र बाहिरका शक्ति परिचालित भएको दाबी गरेका छन् । तर, उनले को–को परिचालित थिए भनेर खुलाएनन् ।

बिपी कोइराला अध्ययन प्रतिष्ठानको छैठौँ साधारणसभा, चौथो अधिवेशनको उदघाटन तथा ४६औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रममा बुटवलमा शनिबार आयोजित उनले यस्तो बताएका हुन् । 

आफूलाई हराउन विभिन्न शक्ति लागे पनि यसबारे आफूले  कुनै टिप्पणी नगर्ने खाणले बताए । ‘गत निर्वाचनमा मेरो निर्वाचन क्षेत्रमा पार्टीभित्र र बाहिरका राष्ट्रिय अन्तराष्ट्रिय शक्तिहरु मलाई हराउन सक्रिय भए, यसबारे कुनै टिप्पणी गर्नु छैन,’ उनले भने । 

उनले वर्तमान सत्ता फेरबदलमा कांग्रेस कहाँनिर चुक्यो भन्ने कुराको समीक्षा हुने पनि बताए । ‘राजनीतिक पार्टीहरुका लागि सत्ता फेरबदल स्वाभाविक प्रक्रिया हो, यसलाई कांग्रेसले अन्यथा लिँदैन । तर, कसरी कांग्रेस प्रतिकूल अवस्थामा पुग्यो भन्ने कुराको भने समीक्षा गर्नुपर्छ,’ उनले भने ।

उनले कहिलेकाहीँ नेपालको राष्ट्रियता मजबुत गर्न, प्रजातन्त्र जोगाउन, कांग्रेसको प्रभावकारिताका लागि पार्टीभित्र एकता गरौँभन्दा आफू आलोचित हुनुपरेको गुनासो गरे । 

कार्यक्रममा प्रतिष्ठानका सभापति युवराज गिरीले देशको राजनीतिक परिवर्तनमा नेपाली कांग्रेस पार्टी र बिपीको योगदानबारे स्मरण गर्दै वैभवशाली समाज निर्माणमा योगदान रहेको बताए । 

कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले राष्ट्रिय एकता र मेलमिलाप एक सिक्काको दुई पाटा भएको भन्दै यसलाई सन्तुलित ढंगले अगाडि बढाउन सके मात्रै पार्टी, राजनीति र देश सफल हुने बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले बिपीको दूरदर्शिता र मेलमिलापकै कारण सबैजसो राजनीतिक परिवर्तन सफल भएको बताए । 

Recent Comments

No comments to show.